• ४ साउन २०८३, सोमबार
  • ५:०४ बिहान

उद्यमशीलता सामाजको उत्थान हुनेगरी हुनुपर्छ : मन्त्री विष्ट

प्रकाशित मिति

२०७६ भाद्र ११ गते, बुधबार ०५:१५

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवाको आवश्यकता रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा युएनडिपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल (आयोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

Kamana Sewa

मुलुकको सर्वाङ्गीण विकास र सामाजिक कार्यमा युवा परिचालन हुनुपर्ने उल्लेख गर्दै उहाँले युवा सशक्तीकरण भएमात्र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन टेवा पुग्ने बताउनुभयो ।

Classic Tech Desktop

विकासमा युवाको सहभागिता विश्वासिलो हुनुपर्नेमा जोड दिँदैे“कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवाको आवश्यकता छ”,। वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्दै मन्त्री विष्टले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताउनुभयो ।

मन्त्री विष्टले व्यक्ति र कम्पनीलाई मात्र नभई रोजगारी सिर्जना हुने गरी उद्यमशीलता बढाउन आवश्यक भएको बताउनु भयो “उद्यमशीलता सामाजको उत्थान हुनेगरी हुनुपर्छ”, उहाँले भन्नुभयो, “उद्यमशीलताले समाज बदल्नुपर्छ ।”

प्रतिकृया