• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

जगदम्बा मोटर्स प्रालिकोे ‘टिभिएस दशैंको दौड’ योजना सुरु

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०५:५४

काठमाडौँ ,  जगदम्बा मोटर्स प्रालिले उपभोक्ता प्रवद्र्धन योजना अन्र्तगत ‘टिभिएस दशैंको दौड’ सुरु गरेको छ । यस अन्र्तगत ग्राहकहरुलाई नगद पुरस्कारहरु दिने योजना रहेको छ । टिभिएस शोरुममा नगई वा टिभिएस बाइक नकिनेर नै यस योजनामा सहभागी हुन पकिने छ ।

यस योजनामा सहभागीबन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट https://tvsnepal.com/dashain मा लग अन गरी आफ्नो विवरणहरु भर्ने र यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक किन्दा नै पाँच हजार देखि एक लाख सम्म नगद राशि जित्न सक्नेछन् । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्न सकिन्छ । यो रकम जितेपछि पनि ग्राहकले थप पुरस्कार जित्ने अर्को अवसर प्राप्त गर्नेछ ।

Kamana Sewa

जब ग्राहकले कुनै पनि टिभिएस टू–ह्वीलर खरिद गर्नेछ, त्यो समयमा ग्राहकको खरीद विवरणहरु वितरकले फेरि सिस्टममा प्रविष्ट गर्नेछ र ग्राहकले फेरि लाखौं नगद पुरस्कार जुन १०० प्रतिशत नगद फिर्ता जस्तो अचम्मित पार्ने पुरस्कारसम्म पनि हुन सक्नेछ, । हरेक ग्राहकले दोस्रो चरणमा केही न केही रकम पुरस्कार प्राप्त गर्न सक्नेछन् र किन्नु अघि पहिलो र किन्दा दोस्रो दुवै चरण गरी जितेको कूल नगद पुरस्कार रकम बाइक खरीद मुल्यमा छुट स्वरुप प्रदान गर्नेछन् ।जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

Classic Tech Desktop

प्रतिकृया