• १ असोज २०८३, बिहीबार
  • ६ः२० बेलुका

चोरी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ८ गते, आईतवार ०३:०१

काठमाडौँ, त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

National Life

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको आरोपमा राहदानी नं इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु पक्राउ परेका हुन् ।

प्रहरीलाई खबर प्राप्त भएअनुसार शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उक्त घटनाबारे महागनरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया