• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

मेक्सिकोमा पत्रकारको छुरा प्रहार गरी हत्या

प्रकाशित मिति

२०७६ भाद्र ८ गते, आईतवार ०२:५२

एजेन्सी, मेक्सिकोमा एक पत्रकारको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ ।

तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमुखको रुपमा नेभिथ कार्यरत थिए । उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको रुपमा कार्य गर्दथे । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Kamana Sewa

सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको बताएको छ । उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए ।

Classic Tech Desktop

प्रतिकृया