• १७ भदौ २०८३, बुधबार
  • ६ः१३ बेलुका

चारदोबाटोमा मोटरसाइकल र स्कुटी एकापसमा ठोकिदा एकको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र ६ गते, शुक्रबार ०२:२२

भक्तपुर, मध्यपुर थिमिनगरपालिका–४ चारदोबाटोमा आज बिहान साढे दश बजे मोटरसाइकल र स्कुटी एकापसमा ठोकिदा दुबै चालक घाइते भएका छन् ।

भक्तपुरबाट काठमाण्डौं जादै गरेको बा.७३प. ९७२१ नम्बरको मोटरसाइकल र कोरियन हस्पिटललबाट रोजभिलेज, बाल्कोट तर्फ जादै गरेको बा.७६प६७५४ नम्बरको स्कुटी एककापसमा ठोकिएका हुन् ।

Kamana Sewa

उक्त घटनामा घाइते भएका दुबै चालकलाई मध्यपुर अस्पतालमा उपचारका लागि लागिएको र मोटरसाइल चालक मध्यपुर थिमिनगरपालिका–९ घर भएका २०/२२ वर्षिय राजेश गोजाको उपचारको क्रममा मृत्यु भएको छ भने स्कुटी चालक प्रविण लोहलाको उपचार भइरहेको र यस घटनाबारे थप अनुसान्धन भइरहेको महानगरीय प्रमुख डिएसपि शान्तिराज कोइरालाले जानकारी दिनुभएको छ ।

Classic Tech Desktop

प्रतिकृया