लागुऔषध कोकिन सहित विदेशी नागरिक पक्राउ
प्रकाशित मिति
२०७६ भाद्र ६ गते, शुक्रबार ०१:३६
त्रिभुवन अन्तराष्ट्रिय विमालनस्थलबाट आईभेरिकोष्टका नागरीक पक्राउ परेका छन् । पक्राउ पर्ने ३५ वर्षिय नागरीका MARCEL GUEHI रहेका छन् । लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले विगत लामो समयको देखि सुचना संकलन, विश्लेषण एवं निगरानी पश्चात् बुधबार दिउसो कतार एयरवेजको उडानद्धारा दोहबाट त्रिभुवन विमालनस्थलबाट आएको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनी संग रहेको निलो रंगको सुटकेश खानतलासी गर्दा उक्त सुटकेश भित्र फल्सबटम बनार्य तल माथि प्लाईउड राखि भित्र कागजको पाता बनाई राखेको अवस्थामा १ के.जी. ६०० ग्राम लागुऔषध कोकिन फेला परेकको छ । उक्त लागूऔषध नेपाल हुदै विभिन्न मुलुकहरुमा ओसारपसार गर्न लागिदै गरेको प्रहरीले जानकारी दिएको छ । कतारको दोहबाट काठमाडौँ आएका, काठमाडौँबाट बस द्धारा भारतको नयाँ दिल्ली जाने कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका विदेशी नागरीक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिकृया