• २५ भदौ २०८३, बिहीबार
  • ७ः२७ बेलुका

रहेनन् वरिष्ठ निर्देशक किशोर राना

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार ०५:४९

काठमाडौँ, नेपाली फिल्मका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको हो ।

National Life

बलिउड फिल्म नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका मगरले कर्जा, राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।

प्रतिकृया