• १ असोज २०८३, बिहीबार
  • १२ः३९ राती

किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार ०६:४२

बलुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । त्यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका छन् । विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको छ ।

National Life

पटक–पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्त खनालका नाममा उल्टै साढे २ करोड रुपैयाँको नक्कली तमसुक खडा गरिएको भेटिएको थियो । जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औंठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएको भेटिएको हो ।
(कृष्ण ज्ञवाली)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया