• ५ साउन २०८३, मंगलबार
  • ९:२३ बिहान

हङकङमा प्रदर्शनकारीद्वारा अमेरिका र बेलायतलाई हस्तक्षेप गर्न माग

प्रकाशित मिति

२०७६ श्रावण ३२ गते, शनिबार १०:४९

हङकङ सरकार विरुद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले शुक्रवार फेरि वृहत प्रदर्शन गरेका छन्। हङकङको चार्टर गार्डेनमा भएको प्रदर्शनमा हजारौं मानिस कालो कपडा लगाएर सडकमै धर्ना बसेका थिए। हङकङमा सक्रिय विभिन्न विद्यार्थी संगठनहरुले आयोजना गरेको सो सडक आन्दोलनमा उनीहरुले अमेरिका र बेलायतलाई हङकङको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै हस्तक्षेप गर्न आग्रह गरेका थिए। हाल प्रदर्शन गरिरहेकाहरुले हङकङलाई चीनबाट स्वतन्त्र बनाउने पक्षधरका रहेका छन्। उनीहरुले चीनको हङकङप्रति ’एक देश, दुई व्यवस्था’ नीति रद्द गर्नेुपर्ने माग गर्दै आएका छन्।

तर, चीन भने हङकङ आफ्नो अभिन्न अंग भएको भन्दै ’एक देश, दुई व्यवस्था’ नीतिको विरोध गर्नेहरु विरुद्ध कडा कारवाही गर्ने पक्षमा रहेको छ।प्रदर्शनकारीले हङकङको संसद कब्जामा लिएर तोडफोड गर्नुका साथै चिनियाँ झण्डा र चिनियाँ कार्यालयमा आक्रमण गरेका थिए। चीनले उक्त घटनालाई आतंकवादको संज्ञा दिँदै हङकङको अवस्था नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना परिचालन गर्न सक्ने बताइरहँदा प्रदर्शनकारीले अमेरिका र बेलायतसँग हस्तक्षेप गर्न माग गरेका हुन्।

Kamana Sewa

प्रतिकृया