• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

सुनचाँदीको आजको मूल्य

प्रकाशित मिति

२०७६ श्रावण ३० गते, बिहीबार १२:१४

काठमाडौं, आज सुनचाँदीको मुल्य बढेको छ । बजारमा आज सुन प्रतितोला १ हजार २ सय र चाँदी २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार २ सयले बढेर ७१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि २० रुपैयाँले बढेर आज प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज पनि सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको छ भने चाँदीले पनि उच्च रेकर्ड बनाएको छ ।

Kamana Sewa

प्रतिकृया