• २० असार २०८३, शनिबार
  • ५:४० बेलुका

वडाध्यक्षसहित तीन जनालाई घुस लिँदा रंगेहात पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०४:५६

महोत्तरी, अख्तियारले महोत्तरीको भंगहा नगरपालिका–८ का वडाध्यक्षसहित तीन जनालाई घुस लिँदा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष रफिक साफी, वडा सदस्य कारी साह र उनको छोरा मुकेश साहलाई घुससहित पक्राउ गरेका छन् । उनीहरुलाई अख्तियार आयोगको बर्दिबासको टोलीले १ लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

जनकपुरको पीडारीचोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिइ रहेको अवस्थामा वडा सदस्य कारी साहको छोरा मुकेशलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी हरी घिमिरेले जनाए ।

Kamana Sewa

वडाध्यक्ष रफिक साफी र कारी साहलाई महोत्तरीको भंगहा नगरपालिका–८ घरबाट नै पक्राउ गरेको हो । सडक ढलानको बील भुक्तानीका लागि समितिसँग वडाध्यक्ष मो. रफिक आलमर वडा सदस्य कारी मिलेर समितिसँग घुस मागेका थिए। घुस लिन कारीले छोरोलाई पठाएपछि अख्तियारको फन्दामा परेका हुन्।

Classic Tech Desktop

पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ। घुस मागेका वडाध्यक्ष र वडासदस्यलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सूचना अधिकारी घिमिरेले बताए।

 

प्रतिकृया