• २५ भदौ २०८३, बिहीबार
  • २ः५६ दिउँसो

मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गरिने

प्रकाशित मिति

२०७६ श्रावण २६ गते, आईतवार ०४:४२

पोखरा, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ ।

National Life

वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो ।

मन्दिरसम्मको अपाङ्गमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तक्र्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

बोर्डले मुक्तिनाथ दर्शनका क्रममा तर्पण एवं श्राद्ध गरिने स्थल कागबेनीमा पनि यसै आर्थिक वर्षमा स्नानपछि कपडा परिवर्तन गर्ने कक्ष (चेन्जिङ रुम) का साथै पूजा सामग्री राख्ने भवन निर्माण गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

प्रतिकृया