• २९ भदौ २०८३, सोमबार
  • २ः४८ दिउँसो

टेलिकमका तथ्याङ्क ‘क्लाउड’मा राख्ने तयारी

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०१:१७

काठमाडौँ, नेपाल टेलिकमले आफ्ना सूचना तथा तथ्याङ्कहरू पहिलोपटक ‘क्लाउड’मा आधारित सर्भरमा राख्ने तयारी गरेको छ ।

National Life

यसअघि भौतिक रूपमा रहेको (फिजिकल) सर्भरमा त्यस्ता तथ्याङ्क राख्दै आएकोमा अब क्लाउडमा आधारित आफ्नै सर्भर राख्ने प्रक्रिया अगाडि बढाइएको छ । तुलनात्मक रूपमा बढी सुरक्षित मानिने र हार्डवेयर फेरिरहनुपर्ने बाध्यता पनि कम हुने भएकाले क्लाउडमा जाने योजना बनाएको हो ।

टेलिकमले क्लाउड सर्भरसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध गराउन बुधबार सेवा प्रदायकसँग आवेदनसमेत माग गरेको छ । क्लाउड सर्भरको आधारमा विश्वको जुनसुकै ठाउँबाट पनि सूचना प्राप्त गर्न सक्ने सुविधा प्राप्त हुन्छ । इन्टरनेटको आधारमा यसमा रहेका तथ्याङ्कसम्म सहज पहुँच हुने र त्यसलाई वितरण गर्न पनि सकिने भएकाले क्लाउडको प्रयोगले विश्वभर नै व्यापकता पाउन थालेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सेवा प्रदायकका रूपमा टेलिकमसँग धेरै ठूला किसिमका तथ्याङ्क (बिग डेटा)हरू प्रशस्त हुने भएकाले कम्पनीले क्लाउडमा जाने तयारी गरेको र क्लाउड सर्भरको व्यवस्थासँगै टेलिकमले पहिलोपटक बिग डेटामा पनि काम गर्नेभएको छ । यसअघि टेलिकमले आफूसँग रहेका अनेक तथ्याङ्क सामान्य कम्प्युटिङ प्रक्रियाका आधारमा विश्लेषण गर्दै आएको थियो ।

प्रतिकृया