• २९ भदौ २०८३, सोमबार
  • ३ः१९ दिउँसो

किसानको अनौठो काइदा, खेतबारीमा विषादीको होइन रक्सीको प्रयोग

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०१:३५

एजेन्सी, भारतको हरियानाका किसानहरुले एउटा अनौठो तथा नौलो प्रयोग सुरु गरेका छन् । त्यहाँको फतेहावाद जिल्लाका किसानहरुले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि निकै रोचक उपाय अपनाएका छन् ।

National Life

किसानहरुले बालीनालीमा विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेका छन् ।पानीमा मिलाएर बालीनालीमा रक्सी छर्किने यो विधि अनौठो त छँदैछ, यो विधि कति सफल होला रु त्यो पनि हेर्न बाँकी नै छ । तथापि किसानहरु भने बालीनालीलाई मदिरा शेचन गर्ने विधि निकै सफल हुने विश्वासमा छन् ।

कृषि वैज्ञानिकहरुले भने यस्तो विधिलाई किसानहरुको भ्रम भनेका छन् । बालीनालीमा रक्सी छर्किनाले कुनैपनि किटाणु नमर्ने उनीहरुको भनाई छ । किसानहरुलाई भ्रममा परेर आफ्नो बालीनाली नोक्सान नगर्न उनीहरुले आग्रह गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

किसानहरु भने खर्च कम हुने, उत्पादन बढ्ने, विषादी रहित स्वच्छ खानेकुरा खान पाइने र वातावरणमा पनि नकारात्मक असर नपार्ने भन्दै रक्सी छर्किने विधिको जोडतोडका साथ प्रयोग गरिरहेका छन् ।

प्रतिकृया