प्रदेश ३ को पाँच स्थानमा विषादी परीक्षण प्रयोगशाला
प्रकाशित मिति
२०७६ श्रावण २० गते, सोमबार ०५:३३
हेटौंडा, प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशाला उद्घाटन गरेको छ। प्रयोगशालाको प्रदेश ३ को कार्यालयको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नु भएको हो । विषादी अवशेष परीक्षण प्रयोगशाला प्रदेश ३ को कार्यालय उद्घाटनसँगै पाँचवटा जिल्ला प्रयोगशाला स्थापना गर्नको लागि आवश्यक सामग्री समेत वितरण गरिएको छ ।
प्रदेशको राजधानी हेटौंडामा प्रमुख कार्यालय उदघाटन गरी परीक्षण प्रयोगशाला ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक सामग्री वितरण गरेको कार्यक्रममा जानकारी दिइयो ।

पाँच स्थानका लागि एक करोड ८० लाख रुपैयाँको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायन लगायत खरिद गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताउनु भयो ।

प्रयोगशालाले प्रतिघण्टा २० देखि ३० वटा तरकारी र फलफूलको नमुना परीक्षण गर्ने क्षमता रहेको छ। ५ वटै कार्यालयको लागि ३र३ जना प्राविधिकलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिम पनि दिइएको मन्त्रालयका गदालको भनाई थियो ।
यस्तै युवा कृषि स्वयंसेवकलाई प्रत्येक प्रयोगशालामा २ जनाको दरले खटाउने तयारी समेत मन्त्रालयले जनाएको छ। यस अघि विषादी अवशेष द्रूत विष्लेषण कार्यविधि २०७५ प्रदेश ३ को मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको थियो।




प्रतिकृया