• ३१ भदौ २०८३, बुधबार
  • १०ः०५ राती

स्पेनी अर्थमन्त्री काल्भिनोले अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने

प्रकाशित मिति

२०७६ श्रावण १८ गते, शनिबार ०६:५१

स्पेन । स्पेनका अर्थमन्त्रीले अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ)को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका छन् । मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएका हुन् । यूरोपेली सरकारहरूले आइएमएफको नेतृत्वका लागि सहमतिमा उचित उम्मेदवार चयन गर्ने तयारीपछि स्पेन पछि हटेको हो । आइएमएफको नेतृत्वमा परम्परागतरूपमा यूरोपेली नेतालाई नै चयन गरिँदै आएको छ । स्पेन सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्पेनले आइएमएफको लागि सधैँ इयू सदस्य राष्ट्रबीच साझा उम्मेदवार चयन गर्न चाहने गरेको छ ।”

National Life

“यस सन्दर्भमा यस पटक पनि स्पेन सरकार यूरोपेली सहमति निर्माण गर्न सहमत रहनेछ र स्पेनी अर्थमन्त्री काल्भिनोले अर्को चरणमा प्रतिस्पर्धा गर्ने छैनन् । उनले उम्मेदवारी फिर्ता लिनुहुनेछ ।” (एजेन्सी

प्रतिकृया