• २ असोज २०८३, शुक्रबार
  • ७ः५९ बिहान

कोटेश्वरमा अत्यधिक जाम, उस्तै सास्ती

प्रकाशित मिति

२०७६ श्रावण १७ गते, शुक्रबार ०६:५०

काठमाडौं भित्रने मुख्य नाका काटेश्वरमा अत्यधिक रुपमा ट्राफिक जाम बढेको छ । तीनकुने–सूर्य विनायक सडक छ लेनको बनेपछि काटेश्वर चोकमा ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् । अरनिको राजमार्ग, वीपी राजमार्ग हुँदै आउने सवारी साधन कोटेश्वर नाकाबाटै काठमाडौं प्रवेश गर्ने गरेका छन् । दैनिक हजारौको संख्यामा सवारी साधन ओहोरदोहोर गर्ने कोटेश्वर चोकमा आकाशे पुल नहुँदा ट्राफिक जामको थपबोझ थपिएको छ । कोटेश्वरको ट्राफिक जाम घटाउनका लागि सडक विभाग, ट्राफिक प्रहरी र जनप्रतिनिधिहरुले विकल्प तयार गरेर अगाडि बढे पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।

National Life

सडक विभागले कोटेश्वरको टंकप्रसादको शालिकबाट काठमाडौं पेप्सीकोला जोडने वडा कार्यालयसम्मको सडक, जडिबुटीबाट मनहरा खोला हुँदै बालकुमारी जोड्ने दुईवटा वैकल्पिक सर्भिस ट्रयाक निर्माणको काम अगाडि बढाए पनि गति लिन सकेको छैन ।

नेपाल समाचारपत्रबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया