सर्वदलीय बैठक सोमबारसम्मका लागि सूचना टाँस गरेर स्थगित
प्रकाशित मिति
२०७६ श्रावण १६ गते, बिहीबार ०५:३०
काठमाडौं, प्रतिनिधिसभामा प्रतिपक्षी दलको अवरोध हटाउन बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । विगत तीन सातादेखि जारी अवरोध हटाउन सभामुखद्वारा आह्वान गरिएको सर्वदलीय बैठक बिहीबार पनि कुनै टुंगोमा पुगेन । दलहरुको आ–आफ्नै अडानका कारण सहमति जुट्न सकेको छैन ।
केही दिनदेखि संसदको अवरोध हटाउन दलहरुबीच सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि सूचना टाँस गरेर स्थगित भएको छ। सर्लाही घटनाका सन्दर्भमा कांग्रेसले न्यायिक आयोग नभई संसदीय छानविन समिति गठनको माग गरेको छ । कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार संसदीय समितिको विषयमा आन्तरिक तयारी गरेर फेरि बस्ने सहमति भएको छ । 
नेकपाका सांसद हृदयेश त्रिपाठीले राष्ट्रिय मानअवधिकार आयोगले छानविन गरिरहेको विषयमा संसदीय छानविन समिति गठन गर्न नपर्ने तर्क गरेका छन् । ‘राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक आयोग भएको र संवैधानिक आयोगले हेरिरहेको विषयमा संसदले समिति बनाउन उचित नभएको त्रिपाठीको भनाइ छ ।
बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल ,राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो ।






प्रतिकृया