• ३१ भदौ २०८३, बुधबार
  • ७ः०५ बेलुका

सभामुख महराद्धारा सर्वदलीय बैठक आह्वान

प्रकाशित मिति

२०७६ श्रावण १६ गते, बिहीबार ०९:०५

काठमाडौं, संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक आज मध्याह्नका लागी आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो ।

National Life

यसअघि सभामुख महराले गतिरोध अन्त्यका लागि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै आउनु भएको थियो । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले संयुक्त रुपमा संसद अवरुद्ध गर्दै आएका छन् ।

विप्लव समूहका नेता पौडेल गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका( १ लखनदेहीको जंगलमा प्रहरीको गोलीबाट मारिएका थिए । उनी प्रहरीसँगको मुठभेडमा मारिएको भनेर गृहमन्त्रीले संसदमा जवाफ दिइसक्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया