हनुमन्ते नदी सफाई अभियानको ७५ औँ हप्ताको विशेष कार्यक्रम हुने
प्रकाशित मिति
२०७६ श्रावण १३ गते, सोमबार ०६:४९
भक्तपुर, नेपाल सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपन दिवस मनाउदै आएको छ । उक्त दिवसको अवसारमा हनुमन्ते नदि सफाई अभियानले ७४ औँ हप्ता पुरा गरी ७५ औँ हप्ताको अवसर पारेर सुर्यविनायक नगरपलिका कार्यलय, भक्तपुर र नेपाल सरकार वन तथा वातावारण मन्त्रालय अन्र्तगत वातावरण विभाग, वनपरिसरको संयुक्तमा हरियाली प्रर्बद्धन शिलान्यास कार्यक्रममा आयोजना गरेको छ र उक्त कार्यक्रममा सम्बन्धीत सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमाम नेपाल सरकारका वन तथा वातावारण मन्त्री शक्ती बस्नेत र हनुमन्ते सरसफाइ अभियानका प्रमुख सल्लहाकार तथा पुर्व उद्योग मन्त्री एवंम प्रतिनिधिसभासदस्य महेश बस्नेत रहनु हुनेछ । कार्यक्रम सावन १८ गते विहान ७ बजे देखि घलाते चोक यो यो पाटी प्यालेस सूर्यविनायक नगरपालिका भक्तपुर हुनेछ ।







प्रतिकृया