वैज्ञानिक तर्कः उत्तर सिरानी गरेर सुत्नु राम्रो कि नराम्रो
प्रकाशित मिति
२०७६ श्रावण १३ गते, सोमबार ०२:०४
हाम्रो नेपाली परम्परामा उत्तर सिरानी गरेर सुत्नुलाई राम्रो मानिँदैन । हाम्रो धर्मशास्त्रले उत्तर सिरानी गर्न महाप्रस्थानपश्चात् मात्र स्वीकृति दिएको छ । मसानघाटमा चित्तामा उत्तर टाउको गरेर राखिन्छ । मान्छेको जीवित अवस्थामा उत्तर टाउको गरेर सुत्नु हुँदैन भन्ने हाम्रो परम्परा आजसम्म रहिआएको छ तर यसमा वैज्ञानिक कारणहरु पनि रहेका छन् ।
हाम्रो जीवित शरीर पनि चुम्बकीय वस्तु हो । टाउकोमा उत्तरी र खुट्टामा दक्षिणी ध्रुव रहेका हुन्छन् । शरीरमा रक्त सञ्चार बहँदै गर्दा चुम्बकीय शक्ति निस्केको हुन्छ । पृथ्वीको उत्तर दिशा र दक्षिण दिशामा चुम्बकीय शक्ति रहेको हुन्छ त्यसैले पृथ्वी र शरीरबीचको चुम्बकीय सन्तुलन कायम राख्न उत्तर दिशामा टाउको गरेर सुत्नु हुँदैन ।

उत्तर दिशा सिरानी पारेर सुतेमा पृथ्वीको उत्तरी चुम्बकीय क्षेत्र र मानिसको उत्तरी ध्रुवको एक आपसको घर्षणले टाउको दुख्ने ब्लड प्रेशर बढ्ने हुँदा हाम्रो मुटुलाई शरीरको सन्तुलन राख्न धेरै कठिनाई हुन्छ ।





प्रतिकृया