प्रधानमन्त्रीले ‘रअ’ प्रमुखलाई भेट्नु भएको छैन, हल्ला फैलाउने काम नगरौं : सञ्चारमन्त्री बास्कोटा
प्रकाशित मिति
२०७६ श्रावण ९ गते, बिहीबार ०५:३०
काठमाडौं, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेटको आफुलाई जानकारी नभएको बताउनु भएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटालाई रअका प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको थियो । जवाफमा बास्कोटोले भन्नुभयो, ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट भएको हुनुपर्छ । त्यसैले प्रधानमन्त्रीले भेट्नु भएको छैन । हल्ला फैलाउने काम नगरौं ।’

ककसले भेटेको थाहा नभएको तर भेट्नै हुँदैनथ्यो भन्ने पनि नभएको उहाँले बताउनु भयो । मन्त्री बास्कोटोले भने, म दाबाका साथ भन्छु प्रधानमन्त्रीले भेटघाट भए जस्तो, भेटेकै जस्तो लाग्दैन ।’ उहाँले अघि भन्नु भयो,‘रअको प्रमुखलाई भेटेर कोही रअ पक्षधर त हुने होइन होला नि । यस्तो लघुताभाषी मान्यता पनि नराखौं ।’





प्रतिकृया