अन्योलमा ७ संवैधानिक आयोग, सरकार उदासीन
प्रकाशित मिति
२०७६ श्रावण ८ गते, बुधबार ०८:२५
संवैधानिक आयोगको प्रभावकारी सञ्चालनमा सरकार उदासीन देखिएको छ । पछाडि परेका जात, जाति तथा समुदायको उत्थानका लागि काम गर्ने उद्देश्यले विभिन्न ७ वटा आयोग संविधानमा व्यवस्था छ । संविधानको भाग २७ मा महिला, दलित, समावेसी, आदिवासी जनजाति, मधेसी, थारु र मुस्लिम आयोगको व्यवस्था छ । संविधान जारी भएको मितिले १० वर्षपछि संघीय संसद्ले यी आयोगको पुनरवलोकन गर्न सक्ने व्यवस्था छ ।
दुई महिनापछि संविधान जारी भएको चार वर्ष पुग्दै छ । अर्थात् ६ वर्षपछि यी आयोग रहने वा नरहने निश्चित छैन । समय गुज्रदै गएको छ । तर आयोगहरुको गठन र पूर्णता दिने विषयमै सरकार उदासीन छ । सात आयोगमध्ये केहीमा एक जना पनि पदाधिकारी छैनन् भने केहीमा अध्यक्ष मात्रै छन् । कार्यालय, कर्मचारी, बजेटजस्ता विषयमा पनि आयोगले अभाव झेलिरहेका छन् ।
(राजेश मिश्र)
कान्तिपुर दैनिकबाट साभार
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया