• १८ भदौ २०८३, बिहीबार
  • ५ः२० बेलुका

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार ११:५०

चितवन, चितवनबाट नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कानूनविपरीत प्रतिबन्धित नेटवर्किङ एल.टी.एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालि काठमाडौँमा दर्ता गरी चितवनका सर्वसाधरणहरूलाई झुक्याएर ठगी गर्ने धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ, गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का ४३ वर्षीया पार्वती केसीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनकाका उनीहरूबाट पीडित भएकाहरुले दिएको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Kamana Sewa

प्रतिकृया