• १८ भदौ २०८३, बिहीबार
  • ३ः४२ दिउँसो

तिलगङ्गा आँखा प्रतिष्ठानको सेवा अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट:प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार ११:४०

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो समयमा नै नेपालले आँखा स्वास्थ्यको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सफल भएको बताउनुभएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानको २५औंँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “आँखा स्वास्थ्यमा यो अस्पताल अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट छ र नेपालको प्रतिष्ठा बढाएको छ । ’’ नेपालको अन्तर्राष्ट्रिय गौरव र प्रतिष्ठा बढाउन योगदान पु¥याउनुभएको भन्दै डा.सन्दुक रुइतलगायत चिकित्सक समूहलाई प्रधानमन्त्रीले हार्दिक बधाई दिनुभयो । उहाँले नेपालमा अन्धोपनको दर कम गर्न तिलगङ्गा आँखा प्रतिष्ठानको योगदान महत्वपूर्ण रहेको भन्दै प्रतिष्ठानले धेरै छिटो उपलब्धि हासिल गर्न सकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले डा. रुइतले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको भन्दै यसलाई अझ बढाउँदै जान सुझाव दिनुभयो । आँखा उपचारका लागि विश्वको अग्रणी संस्था बनेर धेरैलाई नयाँ संसार देखाउन सफल भएको उहाँले बताउनुभयो । प्रतिष्ठानले आँखा स्वास्थ्यमा ठूलो सङ्ख्यामा जनशक्तिसमेत उत्पादन गरिरहेको भन्दै उहाँले आँखा स्वास्थ्यमा देशका लागि ठूलो सेवा दिइरहेको बताउनुभयो ।

Kamana Sewa

तिलगङ्गा आँखा प्रतिष्ठानले हालसम्म ६० लाखको उपचार गरिसकेको छ भने चार लाखको शल्यक्रिया गरिसकेको छ । प्रधानमन्त्री ओलीले यो ठूलो सफलता भएको भन्दै अस्पाललाई सरकारले आवश्यक सहयोग गर्नेछ भन्नुभयो । उहाँले सरकारले प्रतिष्ठानलाई तालिम, अनुसन्धान, अध्यापन लगायतका क्षेत्रमा सहयोग गर्न चाहेको बताउनुभयो ।

Classic Tech Desktop

प्रधानमन्त्री ओलीले तिलगङ्गा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिन सुझाव दिनुभयो । कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालमा शून्य दशमलव ८४ प्रतिशत अन्धोपन रहेकोमा २० वर्षमा शून्य दशलव ३५ प्रतिशतमा झार्न सफल भएको बताउनुभयो । उहाँले सन् १९९० को दसकपछि आँखा स्वास्थ्यको विकास दु्रत गतिमा अगाडि बढेको भन्दै नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठानजस्ता संस्थाहरूले महìवपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले आँखा स्वास्थ्यको क्षेत्रमा नेपालमै दक्ष जनशक्ति उत्पादन र अनुसन्धानको क्षेत्रमा समेत उपलब्धिमूलक काम भएको बताउनुभयो । उहाँले प्रत्येक प्रदेशमा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम विस्तार गरिने बताउनुभयो । कार्यक्रममा तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले प्रतिष्ठानले गरेका उपलब्धिबारे जानकारी गराउनुभयो । उहाँले आँखा स्वास्थ्यको क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भइसकेको बताउनुभयो ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया