• ५ साउन २०८३, मंगलबार
  • १०:३० बिहान

माल्टा लैजाने भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०४:३१

काठमाडौं, माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने २३ बर्षीय राहुल पाण्डे काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ परेका हुन् ।

पाण्डेले भिभि इन्टरनेशनल प्रालि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई विभिन्न कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेको भेटिएको छ । प्रालिका संचालक दावा शेर्पाको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया