• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

विश्वकै सर्वाधिक व्यापार गर्ने फिल्म ‘एभेन्जर्सः इन्ड गेम’

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०३:५८

एजेन्सी, फिल्म ‘एभेन्जर्सःइन्ड गेम’ले रिलिजको ८६ दिनसम्म आइपुग्दा २,७९०.२ मिलियन अमेरिकी डलर कलेक्सन गर्दै विश्वकै सर्वाधिक व्यापार गर्ने चलचित्र बन्न सफल भएको छ ।

दश वर्ष अघि रिलिज भएको ‘अवतार’ ले लाईफटाइम कलेक्सन २,७८९.७ मिलियन डलर गरेको थियो । ‘एभेन्जर्स’ ले घरेलु बक्सअफिसमा २३४ दिन टिकेको ‘अवतार’ लाई ५ लाख बढी अमेरिकी डलरले पछि पारेको हो । एभेन्जर्स निर्माता कम्पनी मार्भल स्टुडियो प्रमुख केभिन फेगले शुक्रवार बेलुका ५ लाख अमेरिकी डलर ग्रससहित एभेन्जर्स : एन्ड गेमले अवतारको कमाइलाई उछिनेको घोषणा गरेको थियो । अब अवतार दोस्रो स्थानमा पुगेको छ भने तेस्रो स्थानमा जेम्स क्यामरुनकै टाइटानिक छ ।

Kamana Sewa

प्रतिकृया