• ५ साउन २०८३, मंगलबार
  • ९:१३ बिहान

अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार १२:१९

बारा, बाराको सुवर्ण गाउँपालिका–१ बगहीमा नहरको छेउमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ। सोमबार बिहान ६ बजे २१ वर्षको जस्तो देखिने एक युवक कन्चटमा गोली हानेको अवस्थामा शव भेटिएको हो ।

मृतकको पहेँले भेष्ट, निलो पाइन्ट, चप्पल र हातमा सौरभ नामको ट्टायु रहेकको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । अनुसन्धानको लागि जिप्रका बाराबाट गएको प्रहरी निरीक्षकको टोलीले लाश घोप्टो अवस्थामा भेटेको र अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले घटनास्थल नजिकैबाट १ राउण्ड ७.६ एमएम को खोका र १ जंगी राउण्ड समेत फेला परेको बताएको छ ।

Kamana Sewa

प्रतिकृया