• २ असोज २०८३, शुक्रबार
  • १०ः४८ बिहान

हरायो मेलापात र पर्म, रोपाइँमा भारतीयको भर

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०८:३६

भरतपुर महानगरपालिका–१४, बरौजीकी सरिता दवाडीले यस वर्ष आफैँले उत्पादन गरेको धानबाट पारवारको गर्जो टार्ने निधो गरे । नजिकैको आठ कट्ठा जमिन वार्षिक १५ हजार भाडा तिर्ने गरी ठेक्कामा लिए । आफै मेला पर्म लगाएर रोपाइँ गर्ने उनको धोको भने पूरा हुन सकेन । अनतः त्यो जमिन रोपाइँ गर्न भारतीय नागरिकलाई पाँच हजार रुपियाँमा ठेक्का दिन बाध्य भए । ट्याक्टर लगाएर जोत्ने र हिलो बनाउन सकिने आफू फुर्सदिलो भएकाले छिमेकमा पर्म लगाउँदै आफैँ रोप्ने उनको धोको थियो ।

National Life

ट्याक्टरले एकै पटकमा खेत तयार गरिदिने, पानी सुक्ने र रोपाइँ गर्न समस्या पर्ने देखिएपछि उनले आफूले गर्ने काम अर्कैको भर पर्नु परेको बताइन् ।
(शान्ता अधिकारी)
गोरखापत्रबाट साभार

प्रतिकृया