• १ असोज २०८३, बिहीबार
  • ५ः१० बिहान

परराष्ट्रमन्त्री ज्ञवाली सहित १४ जनाद्धारा अंगदान

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०६:२४

भक्तपुर, परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका बिभिन्न अंग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गर्नुभएको छ ।आज शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले अंगदानको घोषणा गर्नुभएको हो ।

National Life

ज्ञवाली दम्पत्तीले मृत्यु पश्चात मिर्गौला मुटु फोक्सो कलेजो र प्याङक्रियाज सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै श्रोत साधनको सिमित रहदाको अबस्थामा पनि विरामीको लागि सक्दो सहयोग गर्न सरकार लागि रहेको बताउनुभयो ।अब उपचारका लागि पैसा नभएर ज्यान जानु पर्ने अबस्था नरहने बताउदै उहाँले स्वास्थ्य बिमा मार्फत एकलाख सम्मको औषधि उपचारका लागि सरकार लागिरहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले अंग दान गर्ने कानूनी व्यबस्था रहेपनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताउनुभयो । कानून बनेको दुई वर्षमा ३ जनाबाट मात्रै अंग लिएर ६ जनालाई मिर्गौला, एकजनालाई कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सीता त्रवाली, टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्व अध्यक्ष सुरेश न्यौपाने, अध्यक्ष मिलन सुवाल, डा. रबि भूषण सुवाल लगायत १४ जनाले पनि अंगदानको घोषणा गर्नुभएको छ ।

प्रतिकृया