वाइवाको अभिनयमा ‘धोका दियो आफ्नै छायाँले’ (भिडियो सहित)
प्रकाशित मिति
२०७६ श्रावण ३ गते, शुक्रबार ०८:१५
धादिङ । ‘धोका दियो आफ्नै छायाँले’ बोलको नयाँ लोक गीत बजारमा आएको छ । मकवानपुरका गीतकार एवम् गायिका फुलमाया थिङको चौथो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उनको ‘धोका दियो आफ्नै छायाँले’ बोलको नयाँ लोकदोहोरी गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो । गीतमा जनक लामा र गायिका अर्चना स्याङ्तानको आवाज रहेको छ ।
गीतमा फुलमाया थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको छ ।
भिडियोमा गायिका फुलमाया थिङसंगै ईफास तामाङ, राममाया वाइबा, र खगेन्द्र लिम्बुको उत्कृष्ट अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् । बिरबहादुर थारुको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् । गीतको म्युजिक भिडियोलाई फुलमायाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । युट्युमा म्जयपब म्ष्थय बबलबष् ऋजजबथबभि सर्च गरेर पनि यो गीत सुन्न सकिन्छ ।

https://youtu.be/MAIfBY1i5Zo





प्रतिकृया