• ४ साउन २०८३, सोमबार
  • ७:२२ बेलुका

१ लाख ७५ हजार घूससहित २ जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०७:०१

पोखराः पोखरामा १ लाख ७५ हजार रुपैयाँ घूससहित २ युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा प्रदेश मातहतको सडक डिभिजन कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ट स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही रहेका छन् । अख्तियार पोखराको टोलीले बिहीबार उनीहरुलाई रंगेहात समातेको हो ।

शाहीलाई कम्प्युटर अपरेटर पौडेलसँग मिलेर बिचौलियाको भूमिका खेलेको आरोप लागेको छ । अख्तियारका अनुसार सो कार्यमा उनीहरुबीच मिलेमतो भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको छ । सडकको भुक्तानी दिने क्रममा मिलेमतो गरेको हुनसक्ने अख्तियारको प्रारम्भिक अनुमान छ ।

Kamana Sewa

प्रतिकृया