• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

बालिकालाई जबरजस्ती गरेको आरोपमा २ जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ०२:३६

काठमाडौं, जबरजस्ती करणी गरेको आरोपमा तनहुँ र बर्दियाबाट २ व्यक्ति पक्राउ परेका छन् । तनहुँ ब्यास नगरपालिका—७ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका ७ तल्लो नरङ्गा बस्ने १९ वर्षीय नबिन थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र अस्थायी प्रहरी पोष्ट कलेष्टिबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै बर्दिया बारबर्दिया नगरपालिका—४ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका—४ पदनाह बस्ने ४२ वर्षीय रमेश थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Kamana Sewa

थारुले ती बालिकालाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया