• ४ साउन २०८३, सोमबार
  • १०:५२ बेलुका

एनिमेसन स्टुडियोमा शंकास्पद आक्रमणः १३ जनाको मृत्यु, दर्जनौ घाइते

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ०१:३३

एजेन्सीः जापानको क्योटोस्थित एनिमेसन स्टुडियोमा शंकास्पद आक्रमण हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । सो दुर्घटनाम परी दर्जनौ मानिस घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार एक जना मानिस बिहीबार बिहान क्योटो एनिमेसन स्टुडियोमा छिरेर अज्ञात तरल पदार्थ छर्केका थिए ।त्यसपछि उनले आगो सल्काएका थिए ।

एनएचकेका अनुसार साढे १० बजेतिर सो भवनमा आगो लगाइएको थियो । नाम उल्लेख नगरिएका शंकास्पद आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केही चोट भएकोले अस्पताल लगिएको छ । सो क्षेत्रका नजिकका मानिसले श्रृंखलाबद्ध विस्फोटको घटनासमेत सुनेको बताएका थिए ।

Kamana Sewa

प्रतिकृया