• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

कङ्गोमा इबोला नरोकिएपछि ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार १२:१८

एजेन्सी,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारी नरोकिएपछि विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।उक्त घोषणासँगै समृद्ध राष्ट्रहरूले इबोलासँगको संघर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसै हप्ता १० लाखभन्दा बढी जनसंख्या रहेको गोमा सहरमा इबोलासम्बन्धी घटनाहरू सार्वजनिक भएपछि थप सतर्कता अपनाइएको बताइएको छ । इबोलाबारे प्रत्येक दिन १२ वटा नयाँ घटना सार्वजनिक हुने गरेका छन्।

Kamana Sewa

उक्त रोगको खोप ९९ प्रतिशत प्रभावकारी भए पनि सबैले त्यस्तो खोप नलगाएकाले सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको बताइएको छ । हाल सम्म एक लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका वा सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्बन्ध राखेका मानिसहरूलाई खोप लगाइएको छ ।

Classic Tech Desktop

डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नुपर्ने अवस्था भने नरहेको जनाएको छ । कंगोका इबोलाग्रस्त क्षेत्रभन्दा बाहिर यसको संक्रमण फैलिने सम्भावना उच्च नरहेको डब्लुएचओको भनाइ छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिकृया