• २ असोज २०८३, शुक्रबार
  • ८ः३६ बिहान

‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ’ कार्यान्वनमा, राजस्व छली नियन्त्रण गर्न सहज

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ०५:२३

काठमाडौं, सरकारले ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ’ प्रणाली कार्यान्वनमा ल्याएको छ । अजा देखि नै कार्यान्वनमा आउने गरी सरकारले उक्त प्रणालीको शुभारम्भ गरेको हो । आज बिहान अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा उक्त सिस्टमको शुभारम्भ गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनु भयो ।

National Life

राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा १३ को उपदफा ‘ग’ अनुसार उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको महानिर्देशक मैनालीले बताउनु भयो । उक्त प्रणाली कार्यान्वयनमा आएसँगै राजस्व चुहावट एवं राजस्व छली नियन्त्रण गर्न सहज हुने आपेक्षा विभागले लिएको छ । यसको लागि गत असार १ गते देखि नै परीक्षणका रूपमा सञ्चालनमा आएको उक्त प्रणाली एकदमै प्रभावकारी भइ रहेको मैनाली जानकारी दिनु भयो । सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ को बजेटमै समेत चोरी निकासी, पैठारी तथा आन्तरिक उत्पादनको परिवहनलाई ट्र्याकिङ प्रणालीमा आबद्ध गरिने उल्लेख गरेको छ ।

प्रतिकृया