• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ०२:२७

चितवन, चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर ७ बद्रेनिका कान्छा दराइ रहेको ईलाका प्रहरी कार्यालय टाडिका डिएसपी सन्तोष आर्चायले जानकारी दिनु भयो । मजदुरीका लागि रत्ननगर आउने क्रममा बद्रेनी जंगलमा हात्तीले बिहान ६ बजेतिर आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

जंगली जनावरको आक्रमणबाट जंगली क्षेत्रमा स्थानीयले ज्यान गुमाउँदै आएका छन् । उनको मृत्युसँगै चालू आर्थिक बर्षमा जंगली जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Kamana Sewa

प्रतिकृया