• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

पौडी खेल्ने क्रममा २ को ज्यान गयो

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार १०:३१

भोजपुरः भोजपुर आमचोक गाउँपालिका–२ यूँमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्षीय गेल्बु शेर्पा रहेका छन् । मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरि राखेको पोखरीमा साँझ भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक दुबै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

Kamana Sewa

प्रतिकृया