• १ असोज २०८३, बिहीबार
  • १०ः५७ बिहान

भूमाफियाको दाउ भताभुंगस् सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ०९:३१

भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट भूमाफियाको डिजाइनमा गुह्येश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गा सरकारी भएको ठहर गरेको हो ।

National Life

सर्वोच्चको फैसलासँगै भूमाफियाहरुले गुठीमार्फत मोहीका नाममा ल्याई अर्बौ रुपैँया पर्ने जग्गा हत्याउन गरेको षड्यन्त्र विफल भएको छ । पटकपटक सरकारी, माही र गुठीको विवादमा परेको २५ रोपनी ४ अना जग्गा अब सरकारी लगतमा रहनेछ ।
कान्तिरपुर दैनिकबाट साभार

प्रतिकृया