• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

प्रकाशित मिति

२०७६ असार ३१ गते, मंगलवार ०३:१२

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका बजेटसम्बन्धी चार विधेयक प्रमाणीकरण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले उक्त विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले सोमबार विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, २०७६, राष्ट्र ऋण उठाउने विधेयक, २०७६ र ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६ प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया