बाढिका कारण रौतहटमा दुई जनाको मृत्यु
प्रकाशित मिति
२०७६ असार २९ गते, आईतवार ०८:२९
वर्षा र बाढिको कारण रौतहटमा आज सम्म दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन । मृत्यु हुनेमा गौर नगरपालिका–३ टिकुलिया निबासी शिव मंगल राउत पटेल र ईशनाथ नगरपालिका– १ बन्जरहा निबासी ३५ बर्षिय हरेन्द्र राय यादव रहेका छन् । यसैगरी बेपता हुनेमा दुर्गा भगवती गाउपालिका– ४ निबासी ४० बर्षिय विरेन्द्र मिश्र छन् रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसैबीच रौतहटको डुबान क्षेत्रमा पानीको सतह घटदै जान थालेपनि जनजीबन अस्तब्यस्त रहेको छ । सदरमुकाम गौर लगायत दक्षिणभेगका स्थानीय तहमा बिस्थापित भएकाहरुमा खाध्यान्न संकट परेको छ । भारतले दशगजामा निर्माण गरेको तटबन्धका कारण ईशनाथ, गौर नगरपालिका, दुर्गाभगबती र यमुनामाई गाउपालिका बर्षेनी डुबानमा पर्दै आएको छ । डुबान बाट चार हजार भन्दा बढि प्रभाबित भएको अनुमान गरिएको छ ।
सदरमुकाम गौरको टेलिफोन, बिजुली, खानेपानी अबरुद्ध भएको छ । सदरमुकाम गौर बाट ग्रामिणभेग जोडने सडक अबरुद्ध भएको कारण आवातजावत समेत हुन सकेको छैन । रौतहटको सदरमुकाम गौरका सरकारी कार्यालय डुबाएको छ । बाढिले बिस्थापित भएकाहरु बिद्यालय र आफन्तको घरमा शरण लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लामा भएको क्षतीको एकिन बिबरण संकलन गर्ने कार्य भैरहेको प्रमुुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो ।





प्रतिकृया