• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

जेलबाट भागेका दुई कैदी पुन पक्राउ

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०६:४७

ललितपुरः महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटीको हिरातबाट भाग्ने दुई जना पुनः समातीएका छन् । असार २३ गते राती हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी फरार भएका रुद्रलाल श्रेष्ठ र सम्शेर माझी पुनः पक्राउ परेका हुन् ।

उनीहरुलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बौद्धको जम्बुडांडा पक्राउ गरेको बताएको छ । उनीहरु काठमाडौं उपत्यकाभित्र भएका चोरीका साथै लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका थिए ।

Kamana Sewa

प्रतिकृया