प्रधानमन्त्रीका सल्लाहकारले विरोधीहरुलाई ‘छौँडा’को संज्ञा दिए
प्रकाशित मिति
२०७६ असार २२ गते, आईतवार १२:३३
CPN-UML leader Bishnu Rimal. Photo: Rimal Facebook page
भक्तपुर, सरकारका विरोधीलाई प्रधानमन्त्रीका सल्लाहकारले ‘छौँडा’को संज्ञा दिनु भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत विरोधीहरुलाई ‘छौँडा’को संज्ञा दिनु भएको हो ।
ट्वीटरमार्फत रिमालले लेख्नु भएको छ

‘भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दुःख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका र ?’


पछिल्लो समयमा सरकारले आइफा अवार्डका लागि करोडौँ रुपैया दिन लागेको र भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण रोकेकोलगायतका विषयमा आफ्नै नेताहरुसहित आम जनताले विरोध गरिरहेका छन् ।
रिमालले सरकारको बिरोध गर्नेहरुको प्रतिरोध गर्ने क्रममा ‘छौँडा’ शब्दको प्रयोग गरेपछि यतिबेला सामाजिक संजालहरुमा रिमालको चर्को बिरोध भैरहेको छ।




प्रतिकृया