• १६ भदौ २०८३, बुधबार
  • १२:०५ बेलुका

यि ९९ स्वास्थ्य संस्थाले गर्ने भए मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण (सूचीसहित)

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०२:४३

काठमाडौं, वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण हुन आवेदन गरेका मध्ये ९९ वटा स्वास्थ्य संस्थाहरु छनोट भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि आवेदन दिएका २९० वटा स्वास्थ्य संस्था मध्ये ९९ वटा संस्था छनोट गरेको हो ।

Kamana Sewa

मन्त्रालयले आज (शुक्रबार) एक सूचना जारी गर्दै मन्त्रालयबाट खटिएका प्राविधिकहरु सहितको टोलीबाट भएको स्थलगत अनुगमनरनिरीक्षण प्रतिवेदनको आधारमा विशेषज्ञ समितिबाट भएको सिफारिस बमोजिम मापदण्ड पूरा गरेका ९९ वटा स्वास्थ्य संस्था छनोट गरेको बताएको छ ।

Classic Tech Desktop

यसका लागि गत चैत १८ मा मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको थियो । सोहीअनुसार २ सय ९० वटा स्वास्थ्य संस्थालाई आवेदन पेस गरेका थिए । त्यसमध्ये १ सय ३८ वटा स्वास्थ्य संस्थाले मलेसिया सरकारबाट प्राप्त भए बमोजिमको मापदण्ड पूरा नगरेको भन्दै उनीहरुको प्रस्ताव अस्वीकृत भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया