• २ असोज २०८३, शुक्रबार
  • ६ः३६ बिहान

टिपरको ठक्करबाट एकको मृत्यु,२ जना घाइते

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०१:५२

अर्घाखाँची । टिपरको ठक्करबाट अर्घाखाँचीमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ र दुई जना घाइते भएका छन् ।

National Life

सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको टिपरको ठक्करबाट मृत्यु भएको हो । दुर्घटनामा परि मृतकवलीका श्रीमती ५० वर्षिया सीता वली र कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन घाइते भएका छन् ।

कपिलवस्तुको बसन्तपुर चोक नजिकै शुक्रबार बिहान गोरूसिङ्गेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङगे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोलाई ठक्कर दिएको थियो । घाइते दुवैजनाको ४ नम्बर सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया