नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न ४ जना पक्राउ
प्रकाशित मिति
२०७६ असार २० गते, शुक्रबार ०७:२८
काठमाडौंः नक्कली सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० बनाउने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाकाको टोलीले यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाईसेन्स बनाइदिने भनि नक्कली सवारी चालक अनुमती पत्रहरु तयार गरेर गैरकानुनी तवरले सरकारी दस्तखत प्रयोग गर्ने गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रापेछाप नगरपालिका वडा नम्बर ५ घर भई ललितपुर बस्दै आएका ४० वर्षीय मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोक घर भई काठमाडौं चावहिल बस्ने ३८ वर्षीय राजेश कुमार श्रेष्ठ, काठमाडौंका ३८ वर्षीय राधेश्याम नगरकोटी र काठमाडौंका २८ वर्षीय रुपेश दर्जी रहेका छन् ।
उनीहरुको साथबाट यातायत ब्यबस्था बिभागको नगदी रसिद ६० थान , कम्प्युटर १ सेट ,प्रिन्टर थान १, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, बिभिन्न ब्यक्तिहरुको नागरिकताको प्रतिलिपीलगायतका नक्क्ली लाइसेन्स बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।





प्रतिकृया