बिदाई गर्दा छोरो ,स्वागत गर्दा छोरी
प्रकाशित मिति
२०७६ असार १९ गते, बिहीबार ११:०९
भारत जाने, त्यहि पढ्ने अनि केही कमाएर पठाउने । यहि आसमा माल परिवारले ६ वर्षअघि छोरालाई विदाई गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसवास उडेको छ ।भारत पस्दा १८ वर्षका थिए । त्यहि दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । तेस्रोलिंगीहरुको समुहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो ।
गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालीका–१, दोमिल्लाका सुरेन्द्र माल पहिले जस्तो रहेनन् । नाम फेरीएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ ।रेलवे स्टेसन र वषपार्कमा माग्न लगाइयो । सुरेन्द्रका अनुसार मेरठ बस्न इलियास नामका व्यत्तिले उनको यो अवस्था बनाएको हुन् । इलियासले नै उनको कमाइ खान्छन् ।

मागेर ४०/५० हजार हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो, न्याय माग्दै मंगलवार जिल्लाप्रहरी कार्यलय पुगेको सुरेन्द्रले भने, मलाई माग्ने बनाउनकै लागी लिंग काटेर फाल्न लगाइयो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।





प्रतिकृया