दिपायल विमानस्थल कालोपत्रे द्रुत गतिमा हुदै
प्रकाशित मिति
२०७६ असार १८ गते, बुधबार ०७:२९
तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले द्रुत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर छ ।
विमानस्थलको नाली निर्माण र तारबार लगाउने काम सकिएको र गिट्टी फिजाएर अल्कत्रा छर्ने काम मात्रै बाँकी रहेकाले आउँदो फागुन महीनासम्म कालोपत्र पनि गरिसक्ने त्यहाँ कार्यरत सपना गाल्भा जेभी निर्माण कम्पनीले जनाएको छ । करीब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल विसं २०७५ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीले बताउनु भयो । लम्बाइ ४९५ मिटर र २० मिटर चौडाइको धावनमार्ग भएको उक्त विमानस्थल कालोपत्र हुन थालेसँगै स्थानीयवासी खुशी भएका दीपायल–सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।





प्रतिकृया