• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

बाबुराम भट्टराई बने पालुंटारमा हली (तस्विरसहित)

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०३:५०

संघिय समाजवादी पार्टीका एक अध्यक्ष डा. बाबुराम भट्टराई गोरखाको पालुंङटामा पुगेर हली बनेका छन् ।

असार १५ अर्थात धान दिवसको आवसरमा आइतबार पुख्र्यौली थलो पालुंङगटार नगरपालिका–१ मा पुगेर उनले हलो जोतेका हुन् ।

Kamana Sewa

सफल मल्टीपर्पोज कृषि फार्मले आयोजना गरेको धान रोप्ने कार्यक्रममा पुगेका उनले गोरुको पुच्छर समाउँदै खोक लगाएको, बाउसे गरेको र धान रोपेको तस्विरहरु आफ्नो ट्विटर पेजमा पोष्ट गरेका छन् ।

Classic Tech Desktop

उनको लेखेका छन्, ‘पालुंगटार नगरपालिका र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुख्र्यौली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो! कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ, स्वदेशमै रोजगार सिर्जना गरौं! कृषिमा आत्मनिर्भर बनौं!’

  • तस्विर: बाबुराम भट्टराईको ट्विटरबाट

प्रतिकृया