• २ असोज २०८३, शुक्रबार
  • ८ः१७ बिहान

चीन गएका ४४ नेपाली अलपत्र

प्रकाशित मिति

२०७६ असार १३ गते, शुक्रबार ०६:५२

गार्मेन्ट कारखानामा काम गर्न चीन गएका ४४ नेपाली अलपत्र परेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

National Life

समाचारमा लेखिएको छ, चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न गएका नेपाली चेली भिसा अवधि सकिएपछि अलपत्र परेका हुन् ।

उनीहरुलाई एकमहिने पर्यटक भिसामा काठमाडौंस्थित एक मेनपावर कम्पनीले चीन पठाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अलपत्र नेपाली चेलीले आफुहरुलाई चीन पठाउने मेनपावर कम्पनी र बेइजिङस्थित नेपाली दूतावाससँग उद्धार गरी नेपाल पठाइदिन अनुरोध गरेका छन् ।

प्रतिकृया